मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिकालाई नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३।११।२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो । मोरङ जिल्लाकै नमूना नगरको रुपमा परिचिति हुन उन्मुख रहेको यस नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँ पालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ । यस नगरमा करिव ७०,६०५ जनसंख्या मध्ये ५१.१३ प्रतिशत महिला र ४८.८७ प्रतिशत पुरुष सहित १३७६१ घरधुरी रहेको पाइन्छ । अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ । सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको मान्न सकिन्छ । उर्लाबारी चौकदेखि उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो एवं दक्षिणतर्फ सिधा सदरमुकाम पुग्ने बैकल्पिक सडक भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ । बेतिनी सिमसार, बुढा ठाकुर, लामपाते सिमसार हुनु र यसको प्रबद्र्धनमा नगरपालिका र स्थानीय स्तरमा भएको प्रयासले उर्लाबारी नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ ।
दर्ता सिफारिस पोर्टलमा जान यो लिन्कमा थिच्नुहोस ...
क) जन्म मिति सच्याउनको लागि
- परीक्षा नियन्त्रण कार्यालयको प्रवेशिका परीक्षाको लब्धाङ्कपत्र ९लब्धाङ्कपत्र
जारी भएको मिति ६ महिना ननाघेको हुनुपर्ने । र विद्यालयको चारित्रिक
प्रमाणपत्रको प्रतिलिपी वा
-अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा
-नाबालिक परिचयपत्र वा
-नागरिकताको प्रमाणपत्र वा
-कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको
रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का ९सर्जमिन
मुचुल्का गर्नेहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।
ख) जन्म दर्तामा नाम संसोधनको लागि
1.बच्चाको नाम संशोधन गर्नुपरेमा आमा र बाबुको निवेदन वा बच्चा र बाबु–आमाको
सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाणपत्र ।
2.नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भएमा एस।एल।सी प्रमाणपत्र, विद्यालयको
चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र ।
3.आमा–बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा
क) सो सम्बन्धी आवश्यक कागजात नागरिकता, विवाह दर्ता प्रमाणपत्रमा वा
एस।एल। सी। वा सोभन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाणपत्रमा नाम खुलेको
प्रमाणित कागजात र विद्यालयको चारित्रिक प्रमाणपत्र ।
ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउटै हो भनी उल्लेख भएको कम्तीमा
५ जना नेपाली नागरिकता व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा
बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
ग) जन्म स्थान सच्याउनु परेमा
- विदेशमा जन्मिएको बच्चाको जन्मस्थान सच्याउनु परेमा उक्त देशको
अस्पतालमा बच्चा जन्मिएको प्रमाणपत्र वा कागजात प्रमाणपत्र अँग्रेजीमा
नभएमा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशमा जन्मिएको
भनी प्रमाणित गरिएको कागजात वा
-उक्त देशमा बच्चाको जन्म दर्ता गरिएको प्रमाणपत्र ९सम्बन्धित देशमा
जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणितनेपाली
वा अङग्रेजी भावानुवाद |